काठमाडौं । सरकारले विपद्मा घरबास गुमाएकाहरुलाई तत्काल अस्थायी आवासको प्रबन्ध गर्ने भएको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड अनुसार पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने निर्णय भएको हो ।
‘विपद्मा घरबास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरुका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने,’ निर्णयमा भनिएको छ ।
त्यसैगरी बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल स्तरोन्नती गरी अलपत्र परेका यात्रुहरुलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउने समेत निर्णय आजको बैठकले गरेको छ । साथै त्यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया