लमजुङ हिँडेको माइक्रो नुवाकोटको शिवपुरीमा दुर्घटना, १३ जना घाइते

लोकपथ
1k
Shares

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारी भन्ने स्थानमा माइक्रोबस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

अविरल वर्षापछि आएको बाढी पहिरोका कारण काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाको सडक बिग्रिएको छ । नागढुंगा हुँदै छुट्ने सवारीसाधन वैकल्पिक रुपमा टोखा छहरे हुँदै गल्छी निस्कने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?