शेयर बजारले नाघ्यो २५०० अंक

लोकपथ
77
Shares

काठमाडौं । सोमबार शेयर बजारले २५०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो । परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो ।

आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन वीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन वीमा ०.७१, अन्य २.३७ तथा व्यापार समूह १.५२ प्रतिशत बढे ।

यस दिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहे । अर्थात् सूचीकृत ४ वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।

दसैँ तिहारपछि निर्माण क्षेत्र चलायमान हुने संकेतका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका छन् । बाढीपहिरोले क्षति पुर्‍याएका संरचना निर्माणका क्रममा पनि सिमेन्टको माग बढ्ने भएकाले यस क्षेत्रमा लगानी आकर्षण देखिएको हो । अघिल्लो दिन पनि बजार घट्दासमेत उत्पादन क्षेत्र बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?