एनएमबि बैंकले सञ्चालन गर्‍यो निःशुल्क स्वास्थ्य जाँच शिविर 

लोकपथ
28
Shares

काठमाडाैं । एनएमबि बैंकले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ ।

असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

बैंकका ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै र जनचेतना जगाउने उद्देश्यकासाथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ ।  

उक्त कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्ने केही महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराउनुका साथै मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बारेसमेत जानकारी  प्रवाह गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?