नेपाल चेम्बर अफ कमर्सले बाढी पीडितलाई सहयोग गर्ने

लोकपथ
35
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ ।

बिहीबार देखि परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश स्थानमा जनधनको ठुलो क्षति भएको भन्दै चेम्बरले बजारमा औषधि, खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको अभाव हुन नदिन सबै व्यवसायीहरूले सहयोग गर्ने बताएको हो ।

साथै राहत तथा उद्धार एवं सहयोगका लागि चेम्बरका जिल्ला, प्रदेश एवं नगर चेम्बरहरूलाईसमेत आग्रह गरेको छ । 

चेम्बरले पीडितहरू प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदान व्यक्त गरेको छ  । 

विपत्तिका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दाबी भुक्तानीका लागि विमित्तहरुले बीमा कम्पनीहरू समक्ष बीमा रकम माग गरेमा यथाशीघ्र भुक्तानी दिलाउने व्यवस्था गर्नसमेत चेम्बरले बीमा कम्पनीहरू समक्ष आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?