प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता

लोकपथ
56
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा अवस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीले कलेजसँग सेवा तथा सुविधा लिएबापत विशेष छुट प्राप्त गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

आइतबार एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजको तर्फबाट अरिरिक्त निर्देशन (Additional Director) डा मनोहन प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कलेजबाट प्रदान गरिने सेवा सिओएमएसमा उपचार गर्दा बैंकका ग्राहक तथा कर्मचारीहरूले एक्सरे र यूएसजिमा २० प्रतिशत सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ ।

यो सुविधा प्राप्त गर्नको लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंककाे अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने हुन्छ । तर बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात पनि अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?