‘मिस टिन नेपाल २०२४’मा २० जनाले भाग लिने

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० जना प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।  

आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औँ संस्करणको ‘मिस टिन नेपाल, २०२४’का लागि तीन चरणको अडिसनबाट २० जना प्रतियोगी छनोट भएको जानकारी दिएको हो । 

मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीहरू छनोट भएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् । 

उनका अनुसार देशैभरीका योग्यतम किशोरीहरूले अडिसनमा सहभागी हुन पाउने छन् । विभिन्न कलेजका विद्यार्थीहरू सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?