काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो जाँदा दुई तर्फबाटो आवतजावत अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार साँझ साढे ७ बजेको समयमा त्यस ठाउँमा सुख्खा पहिरो खसेको हो ।
त्यहाँ पहिरो खस्दा दुवैतर्फबा आएका सवारीसाधन अलपत्र परेका छन् । साथै ठुलो संख्यामा सुरक्षाकर्मीैहरु परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको छ । तर त्यहाँ आज नै पहिरो पन्छाउन सम्भव नभएका कारण भोलि मात्रै पहिरो पन्छाउन सकिने र आ–आफ्नो सवारी साधन पार्किङमा राखेर यात्रुहरुलाई सुरक्षित स्थानमा जानका लागि जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।
मुग्लिङ–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्लेखोलामा शनिबार गएको पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ । गोरखा, पोखरा, बुटवल लगायतका स्थानबाट आएका गाडीमाथि पहिरो खस्दा ठुलो धनजनको क्षति भएको हो । आज पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन भए पनि गजुरीमा पुनः बाटो रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया