ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता, टिकट खरिदमा ८ प्रतिशत छुट

लोकपथ
63
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा छुट प्राप्त गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

उक्त छुट सम्बन्धी  सम्झौतामा बैंकका तर्फबाट नायव महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट बुद्ध एयरको काउन्टरबाट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।   

साथै सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरबाट टिकट लिए पश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत कुनै पनि तरिकाबाट पेमेन्ट गर्दा ग्राहक वा ग्राहकका परिवार सदस्यहरूले ८ प्रतिशत छुट पाउनेछन् ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?