पृथ्वी राजमार्ग डोजर लगाएर भत्काइदिने आँबुखैरेनी गाउँपालिका अध्यक्षको चेतावनी

लोकपथ
406
Shares

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान केन्द्र सरकारसँग आक्रोशित भएका छन् ।

आँबुखैरेनीको पालिकादेखि चोकसम्मको सडक लामो समयदेखि बिग्रिएको कारण दर्जनौँ सवारी दुर्घटना भइरहेका छन् ।

सडक बिग्रिएको कारणले गर्दा अलकत्रा बग्नु (बिटुमनि ब्लिडिङ) भएको जानकारी सम्बन्धीत पक्षलाई धेरैपटक गराउँदा पनि समस्या समाधान नभएको बताए ।

उनले सामाजिक सञ्जालमा लेख्दै केन्द्रीय स्तरबाट मंगलबार साँझ (आज) सम्म चिप्लो सडक मर्मत नभए डोजर लगाएर भत्काइदिने चेतावनी दिएका हुन् ।

उनले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने आँबुखैरेनी गाउँपालिकादेखि चोकसम्मको बाटो भत्काइदिने चेतावनी दिएका हुन् ।
त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गतका सडकमा यतिका धेरै दुर्घटना हुँदा समेत केन्द्र सरकारले कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

आँबुखैरेनी पालिकादेखि चोकसम्मको सडक खण्डमा दर्जनौ सवारी साधन दुर्घटनाको कारण अलकत्रा बग्नु दष्तगmष्ल दभिभमष्लन भन्ने हजार पटक जानकारी अनुगमन र तत्काल मर्मतको आश्वासन पाइयो । तर काम भने भएन । चाडपर्व नजिकिँदै जाँदा सडक चाप पनि बढ्ने हुदा झन् अकल्पनीय घटना नहोला भन्न सकिन्न । प्रकृयाकै समस्या हो भने पालिकालाइ जिम्मेवारी देउ हामी आफैँ बनाउँछौँ भन्दा पनि मिल्दैन । आज बेलुकासम्म पनि सम्बन्धित पक्ष मर्मत गर्न नआए डोजर लगाएर चिप्लो भाग फाल्ने जानकारी गराउदछौँ । यती धेरै दुर्घटना हुँदा पनि न संघीय मन्त्री न संघीय जनप्रतिनिधिले संघीय सरकार को दायित्व भित्र को यो सडक मर्मत गर्न पहल नगर्नु दुखद कुरा हो । अब के डोजर लायो भनेर पालिकालाइ मुद्दा लाउन आउनु होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?