शेयर बजारमा उछाल, नेप्से परिसूचकमा ११४ अंकको वृद्धि

लोकपथ
28
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ११४ दशमलव ७० अंकले बढेको छ ।

यसअघि आइतबार दोहोरो अंकको गिरावट आउँदा दोस्रो दिन शेयर बजारमा हरियाली छाएको थियो ।

आज ४ दशमलव ५७ प्रतिशतले नेप्से परिसूचक बढ्दा बजार २ हजार ६ सय २३ दशमलव ५६ अंकमा पुगेको छ ।

त्यस्तै आज कारोबार भने बजार अनुसार बढ्न सकेको छैन । १ करोड, ७५ लाख, ७ हजार ५ सय ५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँ बराबर कारोबार भएको छ ।

त्यस्तै आज कारोबारमा आएकामध्ये एक कम्पनीको शेयर मूल्य घट्या भने एक कम्पनीको शेयर मूल्य स्थिर रहँदा २४३ कम्पनीको शेयर मूल्य भने बढेको नेप्सेले जनाएको छ ।

त्यस्तै आज बुटवल पावर कम्पनी, गुरास फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र सेन्ट्रल फाइनान्स लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । साथै एनआइबीएल स्टेबल फण्ड, प्रभु सेलेक्ट फण्ड, सिभिल बैंक डिबेन्चर लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

पछिल्ला दिनहरुमा शेयर बजारमा गिरावट आइरहँदा लगानीकर्ताहरुमा निराशा देखिएको थियो । तर केही दिन बजारमा करेक्सन देखिँदा लगानीकर्ताहरुमा केही आशा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?