काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनका क्रममा बाढीबाट विभिन्न २१ जिल्ला प्रभावित रहेको जानकारी गराइयो । जसमा काभ्रे, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, ललितपुर सिन्धुली र मकवानपुर बढी प्रभावित हो ।
त्यस्तै बाढीपहिरो लगायत विपत्तिमा परी हालसम्म २४ जना बेपत्ता, १५८ जना घाइते भएका छन् भने उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई सुरक्षित स्थानमा लगिएको छ ।
त्यस्तै बाढीपहिरो लगायत विपत्तिबाट भौतिक संरचनामा अर्बौँको क्षति भएको सरकारी तथ्यांक रहेको छ । सरकारी तथ्यांक अनुसार खानेपानीको क्षेत्रमा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारमा २ अर्ब ५२ करोड, उर्जा क्षेत्रमा ४ अर्ब र सिंचाईको क्षेत्रमा १ अर्ब क्षति भएको सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी अवरुद्ध भएका ३७ राजमार्गमध्ये ९ वटाको अवरोध हटाइएको र अन्यको अवरोध हटाउने काम भइरहेको छ ।
बाढीपहिरो लगायत प्राकृतिक विपत्तिबाट भएका क्षति र सरकारको पहलकदमीका बारेमा जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया