काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका प्रसाईँलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी गत असोज ६ गते पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया