स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परे पनि तयार छु : अध्यक्ष घिमिरे

लोकपथ
35
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने भन्दै आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेर कुनै गल्ती नगरेको बताएका छन् ।

उनीविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार पत्रकार सम्मेल गर्दै उनले प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष र संवैधानिक परिषद्को सदस्य पनि भएकाले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने बताए ।

आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने, ‘प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुनुहुन्छ । संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ । यो न्याय परिषद्ले गरेका काम क्रियाकलापको सन्दर्भबारे बोलिएको शब्द हुन । त्यसकारण विरोध गर्न पाइन्छ । प्रतिवेदन मैले बोलेको शब्द भन्दा धेरै कडा छ ।’ उनले कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परेपनि आफू तयार रहेको तर गैर कानुनी र गैर संवैधानिक कामलाई संवैधानिक भन्न कदापी नसक्ने जिकिर गरे ।

उनले भने,‘कानुनको शासन र न्यायपालिकाको रक्षाको लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणामा जे आएपनि भोग्न तयार छु । कैद नै बस्नु परेछ भने पनि म त्यसको लागि तयार छु । तर गैरकानुनी गैर संवैधानिक कामलाई संवैधानिक भन्न सक्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?