काठमाडौं, १६ कात्तिक- दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् ०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा ‘लोकतान्त्रिक गठबन्धन’ बाट र ओली वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । मुलुकको भावी नेतृत्व ‘झापा कि डडेल्धुरा’ भन्ने अड्कलबीच दोस्रो चरणको निर्वाचनमा झापा ५ र डडेल्धुरा सबैको चासोको विषय बनेको छ दोस्रो संविधानसभाबाट तेस्रो दल भए पनि ‘निर्णायक’ भूमिकामा रहेको माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि त्यसका अध्यक्ष पुष्पकमल दाहालको चुनाव क्षेत्र चितवन ३ पनि चर्चा र चासोमा छ । अध्यक्ष दाहालका लागि चितवन नयाँ चुनावी क्षेत्र हो पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उठेका छन् । पहिलो संविधानसभामा पराजित भए पनि दोस्रो संविधानसभामा सोही क्षेत्रबाट जितेका उनले फेरि काठमाडौं २ नै रोजेका हुन् । विगतमा रौतहटबाट चुनाव लड्ने गरे पनि हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विपक्षमा परिणाम आएपछि नेपाल काठमाडौं २ रोज्न बाध्य भएका थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धामा उत्रेका छन् । तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने इलाम २ बाट चुनावी मैदानमा छन् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्दै छन् । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन्कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट मैदानमा उत्रेका छन् । युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट चुनाव लड्ने भएका छन् । कांग्रेसका थापासँग एमालेका युवा नेता डा. राजन भट्टराई र शर्मासँग माओवादी केन्द्रका राम कार्की प्रतिस्पर्धामा छन् । सिटौलाको क्षेत्र सुरुमा राप्रपाका राजेन्द्र लिङदेनलाई छाड्ने भनिए पनि आफैँले उठ्न अडान लिएपछि सिटौला र लिङदेनबीच त्यस क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ । लिङदेनलाई वाम गठबन्धनको पनि समर्थन छ प्रधानमन्त्रीपत्नी डा.आरजु राणा कैलाली ५ बाट चुनाव लड्दै छिन् । कांग्रेसकै विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, पद्मनारायण चौधरी, सुजाता कोइराला, चित्रलेखा यादवलगायत नेता भने समानुपातिकमा समेटिएका छन् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ २ बाट चुनावमा उठेका छन् । एमालेका शंकर पोखरेल प्रदेशसभामा उठ्ने भएपछि महरा वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन् । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता पहिलो चरणको निर्वाचनमै उम्मेदवार बनिसकेका छन् । चितवन २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले दाबी गरे पनि उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बनेका छन् , अन्नपूर्ण पोस्टमा खबर छथापालाई काठमाडौं १० मा उम्मेदवार बनाउने चर्चा चलाइए पनि थापाले नमानेको बताइन्छ । काठमाडौं १० मा माओवादी केन्द्रले हितमान शाक्यलाई उम्मेदवार बनाउने भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर १ बाट चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया