गैरकानुनी रुपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । भिसा अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोकलेस अमिरुल, इल्सलाम रोविन, मासुद सिकारी, मुसा दाली, एमडी मुसरुफ हुसेन, सोजिव मिहा, एमडी अल अमिन, एमडी अनुहार हुसेन, सलमान मिहाँ सलहे अहमद रुजेनज, एमडी अबु सलेह, एमडी नुस अलोम, एमडी मनोर हुसेन एमडी हाजिफ उडिन र कमरुल हसान रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका टोलीले उनीहरुलाई काठमाडौंको ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेकाे हो ।

उनीहरु विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढंगले नेपालमा बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।

पक्राउ पश्चात उनीहरूलाई आवश्यक अनुसन्धानका तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?