रिगो एचआरले जित्यो नास आइटी अवार्ड–२०२४

लोकपथ
42
Shares

काठमाडौं । रिगो एचआरले सफ्टवेयर समाधानमा नेपालको आइटी क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत व्यवसायीक सेवा वर्ग अन्तर्गत प्रतिष्ठित नास आइटी अवार्ड–२०२४ बाट सम्मानित भएको छ ।

मानव संसाधन समाधानका लागि रिगो एचआरको आविष्कार र उत्कृष्टता प्रदान गरेका कारण सम्मानित गरिएको कम्पनीको विश्वास छ ।

त्यस्तै मानव संसाधन सेवाहरूको भविष्यलाई नयाँ आकार दिन रिगोको प्रयासहरूलाई प्राथमिकतामा राखिएको समेत कम्पनीले जनाएको छ । सूचनाप्रविधि र नयाँ आविस्कार तथा बजार सम्भावना र उत्पादन स्थिरता जस्ता विभिन्न मापदण्डहरूमा न्याय गरिएको रिगोर एचआर व्यावसायिक सेवा वर्गमा बाहिर खडा हो । त्यस्तै उक्त सम्मानले आगामी दिनमा थप उत्साहका साथ काम गर्ने हौसला मिलेको रिगोका प्रमुख कार्यकारी अधिकारी (सीईओ) प्रजेश बास्तोलाले बताए ।

‘हामी यो अवार्ड जित्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ र यो अवार्डले हामीलाई पपल अपरेशन र मानव संसाधन व्यवस्थापन क्षेत्रमा असाधारण सेवा प्रदान गर्न उत्प्रेरित गर्छ,’ सीईओ बास्तोलाले भने ।

त्यस्तै रिगोरले अवार्ड जितेसँगै विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो उपस्थिती जनाउन पाउने भएको छ । आगामी डिसेम्बरमा राष्ट्रको प्रतिनिधित्व गर्दै रिगोरले ब्रुनाइमा हुने एशिया प्यासिफिक आईसीटी एलायन्स (एपिक्टा) अवार्डमा १७ एसिया प्यासिफिक देशका आविष्कारकहरूसँग प्रतिस्पर्धा गर्ने अवसर समेत प्राप्त गरेको छ ।

विश्वका प्रतिष्ठित आइटी कम्पनीहरुसँग प्रतिष्पर्धा गर्ने अवसर पाएको रिगोर एचआरले यस अवार्ड जितेसँगै नयाँ फड्को मार्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?