होटेल संघद्वारा राहत कोष स्थापना

लोकपथ
21
Shares

काठमाडौं । होटेल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटेल संघले राहत कोष स्थान गरेको हो ।

‘होटेल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरूलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

बाढीपहिरोबाट  धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संघले मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?