काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोका कारण प्रभावित नागरिकहरुले अझै उद्धार र राहत पाउन सकेका छैनन् ।
सरकारी तबरबाट धेरै उद्धार र राहतको काम नहुँदा विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा समेत बाढी पहिरो प्रभावित नागरिकहरुको उद्धार र राहत प्रदान गरिरहेका छन् ।
सोही क्रममा रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा बाढी प्रभावित नागरिकहरुलाई सामूहिक मेसको व्यवस्था गरेको छ ।
सरकारले उनीहरुलाई उचित राहत नदिँदा थप प्रताडित भएका नागरिकहरुको उद्धारमा खटिएको प्रहरीले नै खाना खुवाउने लगायत पुनस्थापना गर्ने गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया