काठमाडौं । अमेरिकाले सन २०२६ का लागि अमेरिकाको डाइभसिर्टी भिसा अर्थात् डीभी आजबाट खुलाएको छ ।
नेपाली समय अनुसार आज राति ९ः४५ बजेबाट आवेदन दिन सकिनेगरी अमेरिकाले डीभीको आवेदन खुला गरेको हो ।
नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार अक्टोबर २ अर्थात् आज राति ९ः४५ बजेबाट आगामी नोभेम्बर ५ को राति १०ः४५ सम्म आवेदन दिन सकिनेछ ।
निशुल्क आफैँ dvprogram.state.gov मा गएर तोकिएको समयभित्र जुनसुकै बेला पनि आवेदन दिन सकिने दूतावासले जनाएको छ ।
त्यसैगरी आवश्यक प्रक्रिया पूरा गरेका आवेदकहरुमध्येबाट निष्पक्ष रुपमा नतिजा प्रकाशन गरिने समेत दूतावासले जनाएको छ ।
त्यस्तै एक व्यक्तिले एकपटक मात्रै डीभी भर्न पाउनेछ । साथै अघिल्लो वर्ष खिचिएको तस्बिरलाई नै पुनः प्रयोग नगर्न दूतावासले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया