ज्योति विकास बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

लोकपथ
35
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडकका ग्राहकहरूलाई कसरा चितवनस्थित जंगल भिल्ला रिसोर्टले छुट प्रदान गर्ने भएको छ । 

रिसोर्टले प्रदान गर्दै आएको सेवा तथा सुविधामा बैंकका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको हो ।

यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैकंले जनाएको छ ।  

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?