काठमाडौं । नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल भएका ३७ वर्षीय चनिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सम्मान गरेको छ ।
आज कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले ३० लाख बीमाङ्क रकमको बीमालेखसहित ११ हजार नगदसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भए । उनले भने, ‘यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवीयता विकास हुने विश्वास लिएको छु ।’ सबैले आफ्नो क्षमताअनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया