माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडाैं । हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । ताजाकोट गाउँपालिका–३ मा बस्ने २५ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसुरा मल्लको माटोको ढिस्कोले पुरिएर बुधबार बिहान मृत्यु भएको हो ।

सोही स्थानमा घर पोत्नका लागि सेतो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छप्रेला ताजाकोबाट खटिएको प्रहरी टाेलीले उनीहरूको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?