अपडेट : बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २३३ पुग्यो

लोकपथ
56
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार असोज ११ गतेदेखि १७ गते अर्थात् आजसम्म २३३ जनाको मृत्यु भएको हो भने १५९ जना घाइते भएका छन् ।

हालसम्म २५ जना बेपत्ता हुँदा १३ हजार ७१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण देशभरका विभिन्न सडकमा क्षति पुगेको भन्दै प्रहरीले अत्यावश्यक नपरी यात्रा तय नगर्न आग्रह गरेको छ । साथै यात्रा गर्नैपरे सडकको अवस्थाबारे नबुझी यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?