राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा घटस्थापना 

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतल निवासमा घटस्थापना गरेका छन् ।  

राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ । 

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रूपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ । 

आज छरिएको जमरा विजयादशमीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?