देशभरका यी राजमार्ग र सडकखण्ड अझै पूर्ण अवरोध (सूचीसहित)

लोकपथ
434
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा अवरोध भएको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार देशभरका विभिन्न ११ सडकखण्ड अवरुद्ध भएका हुन् । त्यस्तै विभिन्न ७ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

प्रहरीका अनुसार काठमाडौं–सिस्नेरी सडकखण्ड अन्तर्गत दक्षिणकाली नगरपालिका–८ को सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

त्यस्तै कुलेखानी–मार्खु सडकखण्ड, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड, सिस्नेरी–दक्षिणकाली सडकखण्ड, कान्तिलोकपथ, काभ्रेका विभिन्न सडकखड पूर्ण रुपमा क्षति भएको हो ।

बाह्रबिसे–तातोपानी सडकखण्ड, रामेछाप–सिन्धुली (खुर्कोट) सडकखण्ड पूर्णरुपमा क्षति हुँदा मध्यपहाडी लोकमार्ग, अरनिको राजमार्ग, पृथ्वीलोकमार्ग तथा सालझण्डी–अर्घाखाँची ढोरपाटन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । हालसम्म बाढीपहिरो तथा प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?