हनुमानढोका दसैँघरमा विधिवत रूपमा राखियो जमरा

लोकपथ
49
Shares

काठमाडौं । हनुमानढोकास्थित दसैँघरमा दसैँको जमरा राखी घटस्थापना गरिएको छ । 

बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्त्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । 

हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?