बाजुरा । बाजुरा अस्पतालमा प्रसूति सेवा लिन आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो।
हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया