सुनको मूल्य तोलामा १ लाख ६१ हजार नजिक

लोकपथ
84
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो सुनको मूल्य १ लाख ६० हजार ८ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ६० हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको मूल्य १ हजार ९ सय ३५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ९ सय ५० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?