काठमाडौं । दसैँका लागि मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं ल्याइएको छ ।
व्यवसायीहरुले मुस्ताङबाट काठमाडौं ल्याइएका च्याङ्ग्राहरु बल्खुस्थित खसी बजारमा राखिएको छ ।
अहिले घटस्थापनाका दिन ७९ वटा च्याङ्ग्रा बिक्रीका लागि राखिएको व्यवसायीहरुले बताएका छन् ।
हिमाली भेगको चिसोमा पाइने च्याङ्ग्राको मासु मिठो हुने भएको काठमाडौं लगायत देशभर ठुलो मात्रामा माग हुने गरेको छ ।
मुस्ताङबाट काठमाडौं ल्याइएका जिउँदो च्याङ्ग्रा प्रतिकेजी १३ सय रुपैयाँ पर्ने बताइएको छ ।
प्रत्येक वर्ष मुस्ताङ, डोल्पाको उपल्लो भेग, उपल्लो गोरखा तथा रसुवाको उपल्लो भागबाट काठमाडौं लगायत देशका विभिन्न स्थानमा च्याङ्ग्रा ल्याइने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया