बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो

लोकपथ
35
Shares

बागलुङ । दसैँको पहिलो दिन  घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 

प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । 

सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । ‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन प-यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ, ’ पोखराबाट आएका पोषण शर्माले भने,‘बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?