मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा भयो : मन्त्री भण्डारी

लोकपथ
21
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजारमा वस्तुको मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा गरिएको बताएका छन् । 

बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो २०२४ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले चाडवाडको बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भए पनि सरकारले त्यसो हुन नदिएको बताए । सरकारले सञ्चालनमा ल्याएका दसैँलक्षित सुपथ मूल्यका पसलहरू प्रभावकारी भएको उनको भनाइ छ । 

उनले भने, ‘बजारमा मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने गरिएको छ । सरकारले एक्सन लिएपछि केही सहज भएको छ । चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरू देशव्यापी रूपमा सञ्चालन गरिरहेको छ । पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । अत्यावश्यक खाद्य वस्तुहरूमा मूल्य घटाइएको छ । सुपथ पसलहरू प्रभावकारी देखिएको छ ।’ त्यस्तै मन्त्री भण्डारीले वस्तुको उत्पादनमा कमी आएका कारण वर्षेनी अर्बौँ रुपैयाँका सामान आयात गर्नुपरेको बताए । 

‘नेपालमा वस्तु उत्पादन गरौँ । उत्पादन नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था आएको छ । वर्षेनी १० अर्बको वस्तु आयात हुने गरेको छ । अहिले सरकारले ४० अर्बको अनुदान दिएर पनि वस्तु आयात गर्नुपर्ने अवस्था छ । उखुमा किसानलाई प्रतिकेजी ७० रुपैयाँ अनुदान दिइरहेका छौँ । तर, चिनी उत्पादक संघले सरकारले तोकेको मूल्यमा दिन तयार छैन । सरकारले बोलाएका कार्यक्रमहरू बहिस्कार गरेर हिँडिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?