चितवनले चौथो खेल कर्णाली यस्वीससँग खेल्ने 

लोकपथ
196
Shares

काठमाडौं । वात्सल्य एभरेष्ट वुमन्स भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्ने भएको छ । 

बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ । खेल साझ ५ः४५ मा राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा सुरु हुनेछ । चितवनले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । चितवनले आफ्नो पहिलो खेलमा गण्डकी थन्र्डसलाई ३–१ ले पराजित गरेको थियो ।

त्यस्तै, दोस्रो खेल भने चितवनको पक्षमा रहेन । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ को हार बेहोरेको थियो । तेस्रो खेलमा चितवनले मधेस युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो ।  चितवनले हालसम्म अपराजित रहेको कर्णालीसँग बलियो आत्मविश्वासका साथ खेल्ने र जित निकाल्ने दाउमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?