सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन मन्त्री अधिकारीको निर्देशन

लोकपथ
35
Shares

कर्णाली । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्  ।

आज डिभिजन वन कार्यालय सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्णाली प्रदेशमा राजश्व संकलनको मुख्य आधार उद्योग, पर्यटन र वन क्षेत्र भएको बताए । ‘भवन सुविधा सम्पन्न बनेको छ,’ उनले भने, ‘अब यहाँबाट प्रभावकारी सेवा प्रवाह गर्नुस् र राजश्व वृद्धि हुने क्रियाकलापमा जोड दिनुस् ।’

कर्णालीमा धेरै ठुलो उद्योग नभए पनि पर्यटन, जडीबुटी र वन राजश्व संकलनको मुख्य स्रोत भएको मन्त्री अधिकारीको भनाइ छ । डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत बसन्त बाबु श्रेष्ठले नवनिर्मित भवन प्रदेश सरकारको आफ्नै बजेटमा भ्याटसहित  दुई करोड १७ लाखमा निर्माण भएको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?