पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भुटानमा

लोकपथ
154
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भुटान पुगेका छन् ।

बिहीबार भुटान एयरलाइन्सको जहाजमार्फत् पूर्वराजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरु भुटानको थिम्पु पुगेका हुन् ।

शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना लगायत भुटान भ्रमणमा गएका हुन् ।

उनीहरुलाई भुटानकी राजकुमारीले विमानस्थलमा स्वागत गरेकी हुन् ।

त्यहाँ रहँदा पूर्वराजा ज्ञानेन्द्रले विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।

भ्रमण सकेर ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरु असोज २० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?