काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ ।
मोरङ सुन्दरहरैंचा नगरपालिका–९ भई हाल काठमाडौं महानगरपालिका–३ वसुन्धरा बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकी श्रीमती रौतहट चन्द्रपुर नगरपालिका–८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया