सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

लोकपथ
546
Shares

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३ सय रहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत असोज ३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, उक्त दिन सुनको मूल्य १ लाख ६१ हजार २ सय रहेको थियो ।

यसअघि अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ९ सय रहेको थियो । आज तोलामा मूल्य ४ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । हिजो तोलामा १ हजार ९ सय ५० रहेकोमा आज मूल्य वृद्धि भइ तोलामा १ हजार ९ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?