धितो पत्र बोर्डको अध्यक्षको पूर्व निर्धारित अन्तर्वार्ता स्थगित

लोकपथ
35
Shares

काठमाडौं । नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरूमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?