नारायणघाटदेखि काठमाडौंसम्म ठुला सवारी सञ्चालनमा रोक

लोकपथ
133
Shares

काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौंसम्म ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागको निर्णयअनुसार ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

हिजो घटस्थापनादेखि सुरु भएको यो काम कात्तिक १ गतेसम्म यथावत रहने छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैंका कारण यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

औषधी र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी साधन कात्तिक १ गतेसम्म बन्द रहने उनले बताए । आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय विभागले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?