मतदातालाई रविको आश्वासन– ‘तपाईँको प्रतिनिधि प्रश्नबाट डराएर भाग्दैन’

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू हरेक प्रश्नको उत्तर दिन सक्नेगरी नैतिकताको कसीमा बाँधिएको बताएका छन् ।

शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा भएको सार्वजनिक सुनुवाइमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

दुई-दुई पटक निर्वाचनबाट परीक्षण हुनुपर्ने अवस्था आइपरे पनि आफू जनताको प्रश्न र जाँचबाट कहिल्यै नभागेको बताए ।
‘दुई–दुई पटक निर्वाचन गर्नुपर्ने अवस्था विगतमा आइप¥यो । तर प्रश्न र जाँचबाट तपाईँको जनप्रतिनिधि भागेको छैन, लुकेको छैन । थाकेको छैन । हारेको छैन । त्यसको जवाफ दिँदै सामना गरेर त्यो परीक्षणको कसीमा आफूलाई उभ्याएर अघि बढेको छ ।’

त्यस्तै विपत्तिका बेला आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभएर देशैभरीको समस्याको सम्बोधन गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । साथै आफू र रास्वपा परिवार सरकार र सरकार भन्दा बाहिर रहँदा पनि देशको समस्या आफ्नो समस्या जसरी समाधान गर्न लागी परेको बताए ।

‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन गर्ने जिम्मेवारी मलाई छ । म निर्वाचन क्षेत्रमा सधैँ आउन नसकेपछि मलाई तपाईँहरूले त्यसमा छुट दिनुभएको छ । देशमा विपत्ति पर्दा होस् वा अप्ठ्यारो पर्दा निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर राज्यभन्दा पहिला पुगेर झकझकाइरहेको छ । सिंगो देशको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने प्रयास भइरहेको छ ।’

सभापति लामिछानेले सहकारी ठगी प्रकरण लगायत विभिन्न प्रकरण लगाएर आफूलाई हराउन राज्य नै लागेको भन्दै जनता साथमा रहँदासम्म आफू कहिल्यै नहार्ने समेत मतदातासामू बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?