एसिया रग्बी : पहिलो खेलमा नेपालको महिला टिम पराजित

लोकपथ
168
Shares

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो ।

यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो ।

एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो ।

यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५,कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको हो ।

चाइनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्‍यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो ।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ । आयोजककाअनुसार पहिलो दिन ३० खेल हुनेछ। प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?