एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिमको लगातार दोस्रो हार

लोकपथ
28
Shares

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो ।  यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो ।  

यस्तै, नेपालको महिला टिम पनि आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो ।  महिला टिमले शुक्रबार नै ग्वाम र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टिमको शुक्रबार अन्य खेल भने छैन । 

यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको हो । 

चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्‍यो । यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । 

पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो । पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो । 

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?