यात्रुहरुसँग बढी भाडा लिने चालक र सहचालक कारबाहीमा

लोकपथ
91
Shares
सांकेतिक तस्बिर

काठमाडौं । चाडवाडको मौका छोपी यात्रुहरुसँग बढी भाडा लिने चालक र सहचालक कारबाहीमा परेका छन् ।

प्रहरीले टिकट नकाटी बाटोमा चढेका यात्रुहरुबाट बढी भाडा लिने ६ चालक र सहचालकलाई कारबाही गरेको हो ।

काठमाडौंबाट पोखराका लागि छुटेको ग१ख ४४९९ नम्बरको हाइसले यात्रुसँग तोकिएको भन्दा डबल भाडा लिने चाकल डम्बर आलेमगरलाई कारबाही गरेको हो । काठमाडौंबाट पोखराका लागि ७५० रुपैयाँ भाडा तोकिए पनि उनले १५०० भाडा लिएको यात्रुको गुनासोपछि उनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले काठमाडौंबाट पोखराका लागि हायस चालक आयुस तामाङलाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?