विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक जारी

लोकपथ
21
Shares

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति कार्यकारी समितिको बैठक बसेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षमा केहीबेरअघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बैठक जारी रहेको छ ।

बैठकले प्राकृतिक विपत्तिबाट भएको क्षति र भएका कामको मूल्यांकन, राहत तथा पुननिर्माणको विषयमा छलफल गर्नेछ ।

बाढीपहिरो लगायत प्राकृतिक विपत्तिका कारण ठुलो धनजनको क्षति हुन पुगेको छ । तर सरकारी तबरबाट आम नागरिकले उचित राहत पाउन नसकेको गुनासोपछि गृहमन्त्री लेखकले बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?