बाढीपहिरो : अझै यी सडकखण्ड पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

लोकपथ
322
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण अझै १० राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार काठमाडौं–हेटौँडाको सिस्नेरी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड, सिस्नेरी–दक्षिणकाली सडकखण्ड, कान्थिलोकपथ, वीपी राजमार्ग, बाह्रबिसे–तातोपानी सडकखण्ड तथा रामेछाप–सिन्धुलीको खुर्कोट सडखण्ड पूर्ण रुपमा अवरोध रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अवरुद्ध भएका धेरै राजमार्गहरु भने एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

गत असोज ११ र १२ गते देशभर आएको अविरल वर्षापछिको बाढीपहिरोका कारण देशभरका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । अस्थायी रुपमा ती सडकखण्ड सञ्चालनका लागि करिब ३ अर्ब हाराहारीमा खर्च हुने सरकारी आँकलन रहेको छ ।

त्यस्तै ती सडकखण्ड तथा पुल संरुचना निर्माणका लागि २५ अर्ब हाराहारीमा खर्च लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?