जापानको विमानस्थलमा दोस्रो विश्वयुद्धमा अमेरिकाले हानेको बम विस्फोट

लोकपथ
434
Shares
तस्बिर : यूएसए टूडे

काठमाडौं । जापानको एक क्षेत्रीय विमानस्थलमा दोस्रो विश्वयुद्धमा अमेरिकाले खसालेको बमको अवशेष विस्फोट भएको छ ।

जापानी आत्मघाती पाइलट (कामीकेज) हरूको लागि पूर्व आधार शिविर रहेको मियाजाकी विमानस्थलमा उक्त बम विस्फोट भएको थियो ।

जापानले दोस्रो विश्वयुद्धका समय अमेरिकाले खसालेको बम दक्षिणको ट्याक्सीवेमा विस्फोट भएपछि जापानले यस्ता विस्फोटक सामग्री सफा गर्ने तयारी गरेको छ ।

एएफपीले प्राप्त गरेको फुटेजमा कम्तीमा १० मिटर (३० फिट) सम्म माटोको मुस्लो हावामा उडेको देखिएको छ ।

घटनामा कोही पनि हताहत नभए पनि साँझसम्मका लागि उडान स्थगन गरिएको छ ।

जापानका यातायात मन्त्री टेट्सुओ साइतोले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘मियाजाकी विमानस्थल र अन्य विमानस्थलहरूमा चुम्बकीय साधनको प्रयोग गरी यस्ता खतरनाक वस्तु रहेको भेटिएमा खोजी गर्न सरकारले आदेश दिएको छ।’

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार सुरुमा सेन्दाई, फुकुओका र नाहाको क्षेत्रीय व्यापारिक हबका विमानस्थलहरूमा खोजी केन्द्रित हुनेछ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार युद्धकालमा जापानका कतिपय विमानस्थललाई सबै सैन्य सुविधाको लागि प्रयोग गरिएको थियो ।

असाही शिम्बुनका अनुसार सन् २०११ यता मियाजाकीमा विमानस्थलको पार्किङ एप्रोनमा पुनरुत्थानको क्रममा फेला परेको एक टनको उपकरणसहित तीनवटा बम फेला परेका छन् ।

दर्जनौं ‘कामिकेज’ विमानलाई आत्मघाती मिशनहरूमा पठाएको मियाजाकी विमानस्थल सन् १९४३ मा एक शाही जापानी नौसेना बेसको रूपमा सुरु भएको थियो ।

सन् १९४५ मा नागासाकी र हिरोशिमामा आणविक बम विस्फोट हुनुअघि अमेरिकी वायु सेनाले जापानका दर्जनौँ शहरमा भारी बमबारी गरेको थियो ।

मार्च १९४५ मा मात्र एक रातमा टोकियो र वरपरका क्षेत्रमा लगभग एक लाख नागरिकहरू मारिएका थिए ।

सेल्फ डिफेन्स फोर्सेजका अनुसार सन् २०२४ को अप्रिलसम्म जापानको सेनाले दुई हजार ३४८ वटा नफुटेका उपकरणहरू सुरक्षित रुपमा हटाएको थियो । यीमध्ये ४४१ ओकिनावाको दक्षिणी क्षेत्रमा रहेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?