एसिया रग्बीको सेमिफाइनलमा नेपाल पराजित

लोकपथ
119
Shares

काठमाडौं । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो ।

नेपाल समूहचरणका तीन वटै खेलमा पराजित भएको थियो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी आज भएको अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ ।फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?