उत्साह र त्रासकाबीच काठमाडौं छाड्नेहरूको ताँती

लोकपथ
301
Shares

काठमाडौं । हिन्दुहरूको महान पर्व बडादसैँ सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरुको भीड बढेको छ । बाढी र पहिरोका कारण राजमार्गहरू असहज भए पनि गाउँ जानका लागि बिहानैदेखि यात्रुहरूको चहलपहल देखिन्छ । 

सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरूले जोखिम मोलेरै भए पनि सवारी साधनहरू सञ्चालनमा ल्याएका छन् । यात्रुहरू उत्साह र त्रासकाबीच यात्रामा निस्किएका छन् । यसपालिको दसैँमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?