नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी

लोकपथ
56
Shares

काठमाडौं । नेपाल र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धन सम्बन्धमा सहकार्यको समझदारी भएको छ ।

नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबीच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो ।

कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरुसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे ।

भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्बीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए । 

कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उनले भियतनामका प्रतिनिधीसमक्ष आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिबद्ध छ ।

नेपालको कृषि विकासमा सहयोग एवं खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले भियतनामसँगसहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ । 

चेम्बर पदाधिकारीसँगको भेटवार्तामा भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनका अध्यक्ष ट्रान अन्ह तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफूलाई निकै लोभ्याएको बताए । नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको र लगानीका क्षेत्रहरू खोज्नुपर्नेमा उनले जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?