कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ

लोकपथ
42
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए । 

शनिबार काठमाडौंमा आयोजित ‘नेपाल–भेनेजुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा उनले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरूको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए ।  उनले कुनै पनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको बताए । 

आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिवृद्धताबारे अन्य देशहरूले भेनेजुएलाबाट सिक्न पर्ने समेत बताउँदै श्रेष्ठले पूर्व राष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरू देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले संविधानका प्रावधानहरूलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे । 

संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबिचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन संघले भूमिका खेल्ने बताए । चौतर्फी घेराबन्दीबीच भेनेजुएलाका जनताले आफूले रोजेको शासन र नेतृत्वको रक्षाको लागि कसैसँग सम्झौता नगरेको बताउँदै खड्काले त्यसबाट अरूले पाठ सिक्नुपर्ने बताए ।  

संघका महासचिव फणीन्द्रराज पन्तले सञ्चालन गरेको कार्यक्रममा  उपाध्यक्ष चिरागमानसिंह कुँवर, उपाध्यक्ष राविराम शर्मा, उपमहासचिव राजन कार्की, कोषाध्यक्ष लक्ष्मी अधिकारीले नेपाल र भेनेजुएलाबिचको सम्बन्ध जनस्तरसम्म पुर्‍याउने पर्नेमा जोड दिएका थिए ।  संघको अर्का उपाक्षमा मोहन गौतम, सदस्यमा कृष्ण गिरी, दामोदर पौडेल, हेमन्त भट्टराई रहेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?